scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

रहेनन् लोकगायक रत्‍न बानियाँ

काठमाडौँ, ७ माघ । संगीतकार तथा लोकगायक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान काठमाडाैंको ओम अस्पतालमा निधन भएको उनका भतिजा राजु बानियाँले जानकारी दिए ।

तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका उनको करिब दुई वर्षअघि मिर्गौला फेल भएको थियो । सुगर तथा ब्लड प्रेसरको समेत समस्या रहेको उनको उपचारकै क्रममा निधन भएको हो ।

‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् । बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay