scheduleमगलवारफाल्गुन २५ गते, २०७७

ओली संविधान र जनता दुवैका हत्यारा हुन्ः नेता महतो

राजविराज, ७ माघ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई महाप्रतिगमनकारीको संज्ञा दिएका छन् ।

जनता समाजवादी पार्टी सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले संसद विघटनलाई महाप्रतिगमनको सुरुवातको संज्ञा दिए ।

‘हामी अधिकारको माग गर्दा बल प्रयोग गरेर संविधान ल्याइ पहिलो पटक भएको प्रतिगमनमाथि पुस ५ गते संसद् विघटन गरेर महाप्रतिगमन भयो,’ उनले भने, ‘ओली महाप्रतिगमनकारी हुन् ।’

‘ओलीले अधिकार माग्दा मधेसी जनतामाथि गोली वर्षाएर हत्या गरे । अहिले संविधानकै हत्या गरे,’ महतोले भने, ‘उनी संविधान र जनता दुवैका हत्यारा हुन् ।’

ओलीको पतन जरुरी भएको नेता महतोको तर्क थियो । उनले भने, ‘संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि हामी आन्दोलनमा आन्दोलनमा होमिएका छौं, जनताको जित हुन्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay