scheduleमगलवारबैशाख ७ गते, २०७८

प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारीमा ‘स्वर्गवाटिका’ निर्माण

प्युठान, ७ माघ । प्युठान जिल्लाको धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी परिसरमा फोहोरासहितको ‘स्वर्ग बाटिका’ निर्माण गरिएको छ । स्वर्गद्वारी नगरपालिका वडा नं २ स्थित स्वर्गद्वारीमा नेपाली सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत बगैँचा निर्माण गरिएको हो ।

इन्द्रध्वज गण खलङ्गा ब्यारेक र डिभिजन वन कार्यालय प्युठानको सहकार्यमा निर्मित वाटिकाको श्री नं १९ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मदनकुमार केसीले आज उद्घाटन र स्वर्गद्वारी आश्रमलाई हस्तान्तरण गर्दै बाहिनीपति नागरिक– सैनिक सम्बन्धलाई थप प्रभावकारी बनाउन निर्मित वाटिका निर्माणले मन्दिर परिसरको गरिमा बढाउन थप टेवा पुर्‍याउने बताए ।

इन्द्रध्वज गण प्युठानको अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को नेपाली सेना सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाखमा सामग्री खरीद र सेनामार्फत संरचना निर्माण गरिएको हो ।

म्युजिकल वाटर फाउण्टेन, पैदल मार्ग, मूलद्वार, तारजाली, रेलिङलगायत संरचना निर्माण गरिएको इन्द्रध्वज गण खलङ्गा ब्यारेक प्युठानका गणपति प्रमुख सेनानी अर्जुनविक्रम थापाले बताए ।

गत साल मङ्सिर २० गते निर्माण शुरु भएको वाटिकाको निर्माण सम्पन्न केही समय पहिले भए पनि कोरोनाका कारण केही ढिला आश्रमलाई हस्तान्तरण गरिएको हो ।

सोही ठाउँमा डिभिजन वन कार्यालयले आव २०७६÷०७७ मा रु ३५ लाख लगानीमा उद्यान, वाटर फाउण्टेन निर्माण, टहरा, ढोका र वाटिका निर्माणका लागि सहयोग गरेकोे रेञ्जर हरि पौडेलले बताए ।

नवनिर्मित वाटिका ग्रहण गर्दै आश्रमका डा रुद्रानन्द ब्रह्माचारीले सो संरचनाले भक्तजनलाई शान्त र आनन्दको अनुभूति लिन सक्ने वातावरण सिर्जना गरेको बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay