scheduleबुधवार आश्विन ६ गते, २०७८

म्यान्चेस्टर युनाइटेड पुनः प्रिमियर लिगको शीर्षस्थानमा फर्कियो

काठमाडौं, ८ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले जीत हात पारेको छ । युनाइटेडले फुलहामलाई उसैको मैदानमा २-१ ले हराउँदै ३ अंक बटुलेको हो ।

युनाइटेडको जीतमा एडिन्सन काभानी र पउल पोग्बाले १-१ गोल गरेका थिए । फुलहामका एडेमोला लूकम्यानले एक गोल गरेका थिए । युनाइटेडले १-० ले पछि परेको अवस्था उल्टाएर जीत निकालेको हो ।

खेलमा सुरुवाती अग्रता भने फुलहामले लिएको थियो । पाँचौं मिनेटमा लूकम्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा काभानीले गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६५औं मिनेटमा पउल पोग्बाले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि ल्याए । त्यसपछि युनाइटेडले खेलमा पकड बनाइराख्यो यद्यपि थप गोल भने निस्किएन ।

यस जीतसँगै १९ खेलबाट ४० अंक जोडेको युनाइटेड शीर्षस्थानमा फर्किएको छ । एक खेल कम खेलेको सिटी ३८ अंक जोड्दै दोस्रोमा छ । पराजित फुलहाम १२ अंकसहित १८औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय