सर्लाहीमा एकाविहानै बस दुर्घटना, दुईको ज्यान गयो
सर्लाही, ८ माघ । सर्लाहीमा बिहीबार विहान बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
हरिवन नगरपालिका–४ मा भएको यात्रुबस दुर्घटनामा परी कम्तिमा १५ जना घाइते भएका छन् ।
दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा दुई महिला रहेको बताइएको छ । उनीहरुको सनाखत भने भएको छैन ।
विस्तृत केहीबेरमा…