नेपोलीलाई हराउँदै युभेन्ट्सले इटालियन सुपर कपको उपाधि जित्यो
काठमाडौं, ८ माघ । इटालियन सुपर कप फुटबलको उपाधि युभेन्ट्सले जितेको छ । गएराति भएको फाइनल खेलमा नेपोलीलाई २-० ले हराउँदै युभेन्ट्सले उपाधि जितेको हो ।
युभेन्ट्सको जीतमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
स्टेडियो मापेइमा बुधबार राति भएको प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । उनले बर्नरडेस्चीको कर्नरबाट आएको बललाई क्लोज रेन्जबाट जाली चुमाएका थिए ।
८०औं मिनेटमा लोरेन्जो इन्सिग्ने पेनाल्टीमा चुक्दा नेपोली बराबरीबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जुआन क्वाड्राडोको पासमा अल्भारो मोराटाले गोल गदै युभेन्टसलाई २–० को जीत दिलाउँदै च्याम्पियन बनाए ।