scheduleआइतवारफाल्गुन २३ गते, २०७७

६ हजार ७ सय ४३ वडामा काँग्रेसको एकसाथ प्रदर्शन

फाइल फोटो

काठमाडौं, ८ माघ । नेपाली काँग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध वडास्तरीय प्रदर्शन गर्दैछ । काँग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्न लागेको हो ।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै काँग्रेसले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलनमा छ । यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको थियो ।

पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध गरिएको थियो । आज हुने वडा स्तरीय प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैलाई अपील गरेका छन् ।

उनले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay