काठमाडौंको विशाल प्रदर्शन व्यवस्थापन गर्न नेकपाले कमाण्डर तोक्यो, को कहाँ ?
काठमाडौं, ८ माघ । नेकपाको दाहाल-नेपाल समूहले माघ ९ गते संसद विघटनविरुद्ध विशाल प्रदर्शन आयोजना गर्दैछ । काठमाडौंमा गरिने उक्त प्रदर्शन तथा जनसभा व्यवस्थित गर्न नेकपाको उक्त समूहले विभिन्न आर्कमा कमाण्डर तोकेको छ ।
शुक्रवार सरकारविरुद्ध काठमाडौं वृहत शक्ति प्रदर्शनको तयारीका क्रममा जारी गरिएको ७ बूँदे निर्देशिकामा विभिन्न नेतालाई विभिन्न आर्कको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्वारा जारी निर्देशिकमा प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई संख्या तोकेरै सहभागी जुटाउन निर्देशन दिइएको छ ।
श्रेष्डले सहभागीहरुलाई माघ ९ गते विहान पौने ११ बजेसम्म निर्धारित ‘आर्क’ (स्थल) मा अनिवार्य भेला भइसक्न भनेका छन् ।
हरेक संगठनले र कमिटीले कार्यक्रममा सहभागी हुने कार्यकर्ताको नाम,ठेगाना र फोन नम्बर सहितको कुल सहभागी संख्या बुझाउन समेत निर्देश गरिएको छ ।