scheduleशनिवारफाल्गुन २२ गते, २०७७

राष्ट्रपति बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनको नीति

काठमाडौं, ८ माघ । अमेरिकामा सत्ता परिवर्तन भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो राष्ट्रपतिको पदभार सम्हालेसँगै सत्ता परिवर्तन भएको हो ।

कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति बाइडनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पशासनले गरेका दर्जनभन्दा बढी नीतिहरु उल्ट्याएका हुन् । उनले कार्यकारी आदेश जारी गर्दै ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीतिहरु उल्ट्याइने बताए ।

राष्ट्रपति बाइडेनले कार्यकाल सम्हाल्दै कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तीव्र बनाउने कार्यकारी आदेशहरू जारी गरेका छन् । उनले कोरोना महामारीसँग लड्ने विषयमा सरकार अघि बढ्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने बताए ।

साथै अमेरिकी वरिष्ठ वैज्ञानिक डा. एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने पनि बताए । त्यसै गरि सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागि हुने, विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गरिने पनि बताए ।

उनले ट्रम्पको पशासनले मुलुकको अहितमा हुने गरी गरेका निर्णय र नीति तत्काल हटाइने पनि उल्लेख गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay