कविताः जन्मिएको ठाउँ
नारायणप्रसाद न्यौपानेहिमालको फेदीमा छ, खोलापारी गाउँ
राम्रो लाग्छ मलाई त, जन्मिएको ठाउँ ।
बिहानको घाम लाग्दा, हिमाल टल्किदिन्छ
खोला बगी सुसाएर, तल तल झर्छ ।
वरिपरि खेतहरु, धान झुलेका छन्
खेतालाले धान काटी, गीत गाएका छन् ।।
वल्लो घर पल्लो घर, सबै आफ्ना हुन्छन्
काम गर्दा सबैजना, एक साथ लाग्छन् ।
तेरो मेरो हुन्न यहाँ, सबै आफ्ना बन्छन्
रिस राग सबै त्यागी, कस्तो मिली बस्छन् ।।
साना–साना घरहरु, चट्ट परेका छन्
चौतारोमा पिङ खेल्न, सबै पर्खी बस्छन् ।
धुलो धुँवा छैन यहाँ, चिसो हावापानी
जान्छु म त आफ्नै घर, जन्मस्थल ठानी ।।
सुनवल-१२ नवलपरासी