scheduleआइतवारफाल्गुन २३ गते, २०७७

प्रचण्डलाई ओलीको प्रश्न- युद्ध लड्ने लडाकुका छोराछोरीको हालखबर के छ ? (भिडियो)

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी प्रचण्डलाई ‘युद्ध लड्नेहरुका सन्तानहरु छन् कि छैनन्’ भनेर प्रश्न गरेका छन् ।

नेकपा ओली समूहनिकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीलाई यस्तो प्रश्न गरेका हुन् । केही समयअघि ओलीले प्रचण्डलाई नातागोता र आफन्तका लागि काम गरिरहेको आरोप लगाएका थिए । जवाफमा प्रचण्डले आफू ओलीजस्तो निःसन्तान नभएर गल्ती भएको हो भन्ने प्रश्न गरेका थिए ।

जवाफमा ओलीले प्रचण्डलाई युद्ध लड्ने लडाकुहरुका सन्तानको हालखबर के छ ? सोच्नुभएको छ भनेर प्रश्न गरेका हुन् । ‘मेरो सन्तान छैनन् । यसमा मलाई हर्ष पनि छैन, विस्मात छैन,’ उनले भने, ‘प्रचण्डले छोरीलाई मेयर बनाउनै पर्‍यो, नजिते मतपत्र च्यात्नुपर्‍यो । ज्वाईंलाई घडेरी किन्नैपर्‍यो । गाडी किन्नै पर्‍यो ।’

उनले प्रचण्डले आफ्ना सन्तानलाई युद्धको बेला विदेशमा पढाएको आरोप पनि लगाए । यद्यपि प्रचण्डका छोरा युद्धको बेला आफ्नो पितासँगै थिए ।

ओलीको प्रश्न थियो, ‘जनताका छोराछोरीको चाहिँ टाउको होइन ? शरीर होइन ।’ ओलीले आफ्ना लागि देशका सबै सन्तान आफ्नै सन्तान बराबर भएको बताए ।

सम्बोधनको क्रममा ओलीले विज्ञान प्रविधिको विकासले आफू चारवटा मृगौला बोकेर, दुईपटक मृगौला फेरेर पनि काम गर्न सकिरहेको बताए ।

उनले प्रचण्डको कालो मन, कालो झण्डा, कालो सपना र कालो मनसाय रहेको भन्दै आफूहरु कालो नभएर रातो झण्डा फहराउने टिप्पणी गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay