scheduleसोमवारफाल्गुन २४ गते, २०७७

कांग्रेसले गर्‍यो देशभरका वडाहरुमा विरोध प्रदर्शन

काठमाडाैं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटनविरुद्ध पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो । ६ हजार ७४३ वडामा आयोजना गरिएको विरोध प्रदर्शनमा नेताहरुले सम्बोधन गरेका थिए । त्यस्तै काठमाडौंमा भएको प्रदर्शनमा शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

यसै क्रममा कांग्रेसले माइतिघरमा आयोजना गरेको विरोध प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहले संविधानलाई बेवास्ता गरेर प्रधानमन्त्रीले एकलौटी ढंगले संसद विघटन गरेकाले कांग्रेस विरोध प्रर्दशनमा उत्रिएको बताए ।

उनले मुलुकलाई तानाशाही शासनतर्फ अघि बढाएको र एकलौटी रुपमा निर्वाचनको घोषणा गरेको तर्क गरे । यसअघि कांग्रेसले संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay