न्यायाधीशहरूलाई गगनको आग्रह- सर्वोच्चमा जारी बहसमा कसैप्रति प्रभावित नहुनुस्
काठमाडाैं, ८ माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद विघटन बारे सर्वोच्चमा जारी बहसमा कसैप्रति प्रभावित नहुन न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बिहीबार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीले संसद विघटन नशामा लठ्ठ भएर गरेको निर्णय नभई विगत दुई–ढाई वर्षको योजनाअनुसार गरेको आरोप लगाए ।
नेपाली कांग्रेसले न्यायालयलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि नगरेको दाबी गर्दै थापाले न्यायाधीशहरुलाई बाहिरी हल्लाको प्रभावमा वा कोठा भित्रको खासखुसमा प्रभावित नहुन आग्रह गरेका हुन् । थापाले सर्वोच्च अदालतले संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे ।
उनले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभई चरम अराजनैतिक र अनाधिकृत भएको जिकिर गरे ।