scheduleआइतवारफाल्गुन १६ गते, २०७७

देश अध्यारो सुरुङमा फस्न लाग्यो, संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाऔं : अध्यक्ष केसी

रुपन्देही, ८ माघ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले देश अध्यारो सुरुङ तिर फस्न लागेका कारण देशलाइ बचाउन अब सबै पार्टीहरु सयुक्त रुपमा आन्दोलनमा जानुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले नीति स्वार्थको लागी नेपालमा राजनीतिक पार्टी भित्रबाट पटक पटक नेपाली जनताहरुले धोका पाइरहेको स्मरण गर्दै अब त्यसबाट उम्कन सबै पार्टीहरुको संयुक्त मोर्चा नबनी सम्भव नभएको भन्दै सबै एकजुट भएर संघर्षमा आउनुपर्ने बताएका हुन् ।

केसीले केही व्यक्तिहरु,केही दलहरु राष्ट्र र जनताको स्वार्थभन्दा सत्ताधारीहरुको दलाली गरेर आफ्नो फाइदा उठाउन लागी परेको बताए । कार्यक्रममा केसीले ३० वर्षे पंचायत देखी राजा फाल्न समेत सबै पार्टीहरु एक ढिक्का भएर नलागेसम्म सम्भव नभएको भन्दै अब संसद पुनःस्थापनाको लागी सबै एक ठाउमा आएर आन्दोलनमा जानुपर्नेमा जोड दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay