scheduleमगलवारबैशाख ७ गते, २०७८

पार्टीमा समर्थकको भूमिका अतुलनीय छ : मुख्यमन्त्री पोखरेल

तुलसीपुुर, ८ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीका समर्थकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ जिल्ला सचिवालय सदस्य मनोहर बुढाथोकीका बुबा जीतबहादुर बुढाथोकीको १३औँ दिनको पुण्य तिथिमा बिहीबार आयोजित श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्दे उनले पार्टीमा सक्रिय राजनीति गर्नेहरुको भूमिकासँगै र समर्थक तथा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे ।

उनले स्व बुढाथोकी जस्तै पार्टीका समर्थकले गर्दा अहिले राष्ट्रको नेतृत्व गर्ने अवस्थामा पुगेको बताए । दाङ कम्युनिष्टको उर्बर क्षेत्रका रुपमा रहेको उल्लेख गर्दै उनले पार्टीमा बुढाथोकीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई सबैले अनुशरण गर्नुपर्ने बताए । बुढाथोकीको ८३ वर्षको उमेरमा निधन भएको हो । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay