scheduleबिहिवारफाल्गुन २० गते, २०७७

एसिड पीडित दुई युवतीलाई निगममा जागिर

काठमाडौं, ८ माघ । नेपाल आयल निगमले तेजाव आक्रमणबाट पीडित दुई युवतीलाई जागिर दिने भएको छ ।

निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध सामाजिक तथा कल्याणकारी कार्यहरु गर्दै आइरहेको निगमले निगमको सम्पर्कमा आएका उनीहरुलाई जागिर दिने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता विनिमणि उपाध्यक्षका अनुसार फुलवारी-३, ओखलढुंगाका पवित्रा कार्की र अग्यौली-९ नवलपरासीका बसन्ती परियारलाई निगमले सघाउने निर्णय गरेको हो । प्रवक्ता उपाध्यायकका अनुसार उनीहरु तेजाब आक्रमणबाट पीडित भई सामाजिक तथा मनोवैज्ञानिक त्रासका साथ जीवन बाँचिरहेको आक्रान्त अवस्थामा निगमको सम्पर्कमा आएका थिए ।

दुवै जनाको कमजोर आर्थिक अवस्था र शरीरमा तेजावको जलनका कारण अन्य शारीरिक कार्यहरु गर्न असमर्थ रहेको र जीवन निर्वाह तथा नियमति औषधिको जोहो गर्न कठिन भइरहेको अवस्थामा निगमले सघाउने भएको हो ।

उनीहरुले रोजगारीका लागि निगममा निवेदन दिएका थिए । निगमले सञ्चालक समितिले उनीहरुलाई निगममा कामकाजमा लगाएको र यसबाट उनीहरुको जीवनयापन र औषधोपचारमा सघाउ पुग्ने निगमले विश्वास लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay