scheduleआइतवारफाल्गुन २३ गते, २०७७

आयरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा अफगानिस्तानको जीत

काठमाडौं, ८ माघ । आयरल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गतको पहिलो खेलमा अफगानिस्तानले जीत हासिल गरेको छ । युएइको अबुधाबीस्थित शेख जायद रङ्गशालामा बिहीबार भएको खेलमा अफगानिस्तान १६ रनले विजयी भएको हो ।

अफगानिस्तानले दिएको २८८ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७१ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका लोरकान टकरले ८३ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जीत भने दिलाउन सकेनन् ।

पल स्टरलिङ र कर्टिस केम्फरले समान ३९ रन बनाए । अफगानिस्तानका नवीन उल हकले ३, मुजीब उर रहमान र राशिद खानले २-२ तथा गुलबादिन नाइब र मोहम्मद नाबीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८७ रनको योगफल खडा गरेको थियो । टोलीका लागि डेब्यु गरेका रहमनुल्लाह गुरबाजले १२७ रनको उत्कृष्ट इनिङ खेले ।

अफगानिस्तानका लागि डेब्यु खेलमै शतक प्रहार गरेका रहमनुल्लाह गुरबाज

१९ वर्षीय गुरबाजले ८ चौका र ९ छक्का प्रहार गरेका थिए । त्यसैगरी राशिद खानले ३० बलमा ५५ रन तथा जाबेद अहमदीले ३८ र नजीबुल्लाह जाद्रानले २९ रन बनाएका थिए ।

आयरल्यान्डका एन्डी मेकब्रिनले ५ विकेट लिँदा बेरी मेकार्थी, सिमी सिंह र गारथ डेलानीले १-१ विकेट हात पारे ।

यी दुई टोलीबीचको दोस्रो एकदिवसीय खेल आइतबार हुनेछ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay