शुक्रबारको मौसम: पहाडी भूभागमा आंशिक बदली, अन्य ठाउँको मौसम सफा
काठमाडौं, ९ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन ।
अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना र तराईका केहि भू-भागहरुमा बिहानीपख हुस्सु्/कुहिरो समेत लाग्ने सम्भावना रहनुको साथै रातीको तापक्रममा हल्का गिरावट आउनसक्ने देखिएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध छ ।