scheduleमगलवार आषाढ़ १ गते, २०७८

प्रिमियर लिग: घरेलु मैदानमा लिभरपुलको हार

काठमाडौं, ९ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई बर्नलीले १-० ले हराएको हो ।

बर्नलीको जीतमा एस्ले बार्नसले ८३औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । लिभरपुलका गोलरक्षक एलिसनले बार्नसलाई फल गरेपछि प्राप्त पेनाल्टीमा उनी आफैंले गोल गरेका हुन् ।

गोल गरेपछि बर्नलीका एस्ले बार्नस

बर्नलीले लिभरपुलको घरेलु मैदान एनफिल्डमा सन् १९७५ पछि पहिलोपटक लिग खेलमा जीत निकालेको हो । यस हारसँगै लिभरपुलको घरमा अपराजित यात्रा टुंगिएको छ । घरेलु मैदानमा लिभरपुल लगातार ६८ खेलमा अपराजित रहेको थियो ।

जीतसँगै बर्नली १८ खेलबाट १९ अंकसहित १६औं स्थानमा रहेको छ भने पराजित लिभरपुल ३४ अंकसहित चौथो स्थानमा रहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय