scheduleबिहिवारफाल्गुन २० गते, २०७७

भारतको कर्नाटकमा डाइनामाइट विस्फोट हुँदा ८ मजदुरको मृत्यु, सडकमा पनि चिरा

एजेन्सी, ९ माघ । भारतको कर्नाटक राज्यस्थित शिवरोग्गा जिल्लामा गएराति डाइनामाइट विस्फोट हुँदा ८ जनाको ज्यान गएको छ ।

रेलवे क्रसर साइटमा भएको उक्त घटनामा परी डाइनामाइटको जिलेटिन लोड गरिरहेका मजदुरहरुको ज्यान गएको हो ।

विस्फोट ठूलो भएका कारण छिमेकी जिल्लाहरुमा समेत यसको आवाज पुगेको थियो भने स्थानीयले भूकम्प गएजस्तो महसुस गरेको बताएका छन् ।

विस्फोटका कारण धेरैजसो घरको झ्यालहरुका सिसा फुटेका छन् भने सडकमा पनि चिरा परेको छ । विस्फोटमा परेको ट्रक पूरै ध्वस्त भएको छ । त्यसैगरी मजदुरहरुको शव पनि छियाछिया अवस्थामा भेटिएको छ ।

विस्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ । सो स्थानमा अन्य विस्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ ।

साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay