scheduleसोमवारफाल्गुन २४ गते, २०७७

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

काठमाडौं, ९ माघ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन सास्ती हुने भएपछि विभागले आजबाट कोटा प्रणाली हटाएको हो ।

अब जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने छन् । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट जति पनि फारम भर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरूले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए ।

यसअनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो । प्रणालीमा सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभागको दाबी छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay