scheduleबिहिवारफाल्गुन २० गते, २०७७

हेटौंडामा अविश्वासको प्रस्तावमाथि छलफल, बूढानीलकण्ठमा बैठक

काठमाडौं, ९ माघ । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुँदैछ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् । यसको प्रभाव भने नेपाली कांग्रेसमा देखिएको छ ।

यही विषयलाई छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नो निजी निवास बूढानीलकण्ठमा अनौपचारिक बैठक बोलाएका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागी थिए । रामशरण महत, गगन थापा, नवीन्द्रराज जोशी लगायतका नेताहरु सहभागी बैठकमा सभापति देउवाले कांग्रेसलाई मुख्यमन्त्री दिने समूहलाई सघाउने धारणा राखेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार कुनै औपचारिक निर्णय नभएको र प्रदेशसभा बैठकमा अनविश्वास प्रस्ताव टेबुल हुनासाथ छलफल अगाडि बढाएर निर्णय लिने सहमति बनेको छ । प्रदेशभित्रको अवस्था बुझ्न प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाइएको ती नेताले जानकारी दिए ।

प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि बैठक स्थगन गरेका थिए । अविश्वासको प्रस्ताव सामना गर्न प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल तयार भए पनि कानुनविद् र दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भन्दै सभामुख श्रेष्ठले बैठक बोलाउन आनाकानी गरिरहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay