scheduleबिहिवारफाल्गुन २० गते, २०७७

कानुन व्यवसायीहरुलाई छिटो बहस सक्न प्रधानन्यायाधीशको आग्रह

फाइल फोटो

काठमाडौँ, ९ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलासमा छोटो बहस गर्न कानुन व्यवसायीहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्नेहरूलाई उनले संवैधानिक इजलासले कम समय दिनेबारे योजना बनाएको संकेत गरेका छन् ।

१३ रिट निवेदन भएको र ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेको प्रधानन्यायाधीश राणाले स्मरण गराउँदै अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले छोटो बहस गर्न आग्रह गरेका हुन् ।

शुक्रबारको बहसमा प्रधानन्यायधीश जबराले कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी उभिएपछि प्रधानन्यायाधीशले १० मिनेटमा बहस सिध्याउन आग्रह गरे । तर, अधिकारीले आफूलाई १५ मिनेट दिन माग गरे ।

जवाफमा राणाले भने, ‘हामीले पटकपटक भनिरहेका छौं । अवस्था यस्तै छ । तपाईंहरू झन्डै तीन सय जना हुनुहुन्छ ।’

जवाफमा अधिकारीले पनि आफू नाम मात्रै लेखाउन नआएको भनेका थिए । अधिकारीको जवाफ सुनेपछि समयको ख्याल गर्न रिट निवेदकहरू नै अगाडि बढ्नुपर्ने राणाले बताए । ‘दुई महिना लिन्छौं भने पनि दिन्छौं,’ उनले अदालतको मर्म बुझ्न घुमाउरो भाषामा संकेत गर्दै भने, ‘हामीलाई एकदम हतार छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay