प्रचण्ड–माधव पक्षको काठमाडौंमा शक्ति प्रदर्शन, हेर्नुस् तस्विरहरु
काठमाडाैं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।
काठमाडौको विभिन्न स्थानबाट निस्किएका जुलुस सहितको प्रदर्शन रत्नपार्कस्थीत पुरानो बसपार्क अगाडी पुगेका थिए । संविधान विपरित संसद विघटन गर्ने काम भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई सडकमा आउन बाध्य बनाएको प्रदर्शनमा सहभागीहरुले बताए ।
त्यस्तै विरोध प्रदर्शन सहितको र्यालीलाई नेतृत्व गरेका नेकपा सो पक्षका नेताहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको र त्यसको विरुद्ध सडकमा आएको बताएका थिए ।
प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेपछि नेकपा दुईपक्षमा विभाजित भएको छ भने प्रचण्ड–माधव पक्षले निरन्तर आन्दोलन गर्दै आएको छ ।