scheduleशनिवारफाल्गुन १५ गते, २०७७

ओलीलाई केही समय जेल राखेर निकाल्छौंः अध्यक्ष नेपाल (भिडियो)

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकार गरेमा केही समय जेलमा राखेर माफी दिन सक्ने उद्घोष गरेका छन् ।

पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको विशाल जनसभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ कुरिरहेको बताए ।
‘हामीले केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्‍यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं,’ उनले भने, ‘उहाँले जवाफ दिनुभएको छैन ।’

सम्बोधनको क्रममा उनले भने, ‘म त भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि ? प्रतिनिधिसभाको विघटन गर्नु गलत हो, त्यो पुनःस्थापनाको निम्ति जुलुसमा समेल हुन्छु भनेका छन् कि ?’

उनले जुकसुकै मूल्यमा पनि ओलीसँग झुक्न नसकिने स्पष्ट पारे । ‘मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला,’ उनले भने, ‘अथवा सुरुमै माफी पनि दिउँला । तर कसैले पनि भ्रम नराखौं, फेरि केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्ने छैन । सँगै जाने स्थिति बन्ला भन्ने कसैले भ्रम नपाले हुन्छ ।’

नेपालले केपी ओलीले संविधानविपरित संसद विघटन गरेर संविधानमाथि खड्ग प्रहार गरेको बताए । केपी ओलीको नामको ‘के’बाट खड्ग भन्दै अध्यक्ष नेपालले ओलीले संविधानमाथि खड्ग प्रहार गरेको तर्क गरेका हुन् ।

‘के भनेको खड्ग, उहाँले खड्ग प्रहार गर्नुभएको छ,’ नेपालले भने, ‘उहाँले संविधानमाथि खड्ग प्रहार गर्नुभएको छ ।’

उनले ओलीको कदमविरुद्ध आफूहरुको प्रदर्शन कास्टिङ मात्र भएको दावी गर्दै भने, ‘ओली नसच्चिए अझ ठूलो प्रदर्शन गर्छौं ।’

उनले भने, ‘यो त कास्टिङ हो कास्टिङ, जनता के चाहान्छन् ? जनता केपी ओलीको विपक्षमा आफूलाई संघर्षको मैदामनमा उत्रन चाहान्छन् ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay