scheduleशनिवारफाल्गुन २२ गते, २०७७

महिला फुटबल : नेपाल पुलिस क्लबको पहिलो जित

काठमाडाैं, ९ माघ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २–२ गोल गरिन् भने अमृता जैशी र निर्मला विकले एक एक गोल गरिन् ।

डबल राउण्ड रोबिनको आधारमा खेलाइएको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ । प्रतियोगितोको विजेता टोलीले १५ लाख प्राप्त गर्नेछन् भने दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay