scheduleबिहिवारफाल्गुन २० गते, २०७७

साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा भन्न मिल्दैनः प्रम ओली

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन चेतावनी दिएका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दे ओलीले केहि व्यक्तिहरुले अदालतलाई धम्काउने काम गरेको भन्दै अदालतलाई नधम्क्याउन चेतावनी दिएका हुन् ।

उनले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिइने तर्क गरे । उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पुर्‍याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए ।

आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल शुरु भएको उनले आरोप लगाए ।

ओलीले नेकपाकै प्रचण्ड–नेपाल पक्षले गरेको जनसभालाई सामान्य भएको टिप्पणी गर्दै साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा भन्न नमिल्ने तर्क गरे । ओलीले माघ २३ गते विशाल जनप्रदर्शन गर्ने र त्यो आजको आमसभा भन्दा ठूलो हुने दाबी गरे । अधिकांश समय प्रचण्ड–नेपालको बिरोधमा उत्रिएका ओलीले मुलुकलाई अन्धकारतर्फ ढकेल्ने प्रयास सफल हुन नदिने बताए ।

कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताए । कमिटीका सचिव समीर नेपालले नेकपाले यही माघ २३ गते काठमाडौँमा जनसभाको आयोजना गर्ने जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay