scheduleशनिवारफाल्गुन २२ गते, २०७७

वेस्ट इन्डिजसँगको एकदिवसीय श्रृंखला एक खेलअगावै बङ्गलादेशको पक्षमा

काठमाडौं, ९ माघ । बङ्गलादेश भ्रमणमा रहेको वेस्ट इन्डिज क्रिकेट टोलीले दोस्रो एकदिवसीय खेलमा पनि हार व्यहोरेको छ। शुक्रबार भएको दोस्रो खेलमा ७ विकेटको सहज जीत हासिल गर्दै बङ्गलादेशले एक खेलअगावै श्रृंखला पनि आफ्नो पक्षमा पारेको हो ।

वेस्ट इन्डिजले दिएको १४९ रनको लक्ष्य बङ्गलादेशले ३३.२ ओभरमा केवल ३ विकेटको क्षतिमा पूरा गर्यो । बङ्गलादेशको जीतमा तमिम इकबालले ५० तथा शाकिब अल हसनले अविजित रहँदै ४३ रन बनाए । वेस्ट इन्डिजका अकिल होसेन, जेसन मोहम्मद र रेमन रेफरले १-१ विकेट लिए ।

त्यसअघि ढाकास्थित शेर ए बङ्ग्ला रङ्गशालामा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३.४ ओभरमा अलआउट हुँदै १४८ रन मात्र बनाएको थियो । उसका लागि रोभमन पावेलले सर्वाधिक ४१ रन बनाए भने क्रुमा बनरले २० रन बनाए । वेस्ट इन्डिजलाई सस्तै योगफलमा रोक्न बङ्गलादेशका मेहदी हसनले ४, मुस्तफिजुर रहमान र शाकिबले २-२ तथा हसन महमुदले १ विकेट हात पारे ।

यी दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल सोमबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay