scheduleबिहिवारफाल्गुन २० गते, २०७७

देउवाले प्रदेश संसदीय दललाई अधिकार दिनुपर्छ भन्नुभएको होः मुख्यसचिव पौडेल

काठमाडौं, ९ माघ । प्रदेशहरुमा नेकपाभित्र देखिएको विवाद र अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाएको बैठकमा कांग्रेसभित्र विवाद देखिएको खबरबारे कांग्रेसले मुख खोलेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमहरुमा प्रकाशित खबरको खण्डन गरेका हुन् ।

दुई प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्ताव माथि नेपाली कांग्रेसले लिनुपर्ने निर्णय सम्बन्धि बिषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सभापति शेरबहादुर देउवाले माघ ७ गते प्रदेश १ तथा माघ ९ गते वाग्मती प्रदेशबाट केन्द्रीय समितिमा रहेका साथीहरूको बैठक बोलाएको उनले बताएका छन् ।

‘दुवै बैठकमा नेता रामचन्द्र पौडेलको सहभागिता थियो । छलफल क्रममा सभापति देउवाले ‘आवश्यक निर्णय गर्न प्रदेश संसदीय दललाई अधिकार दिनु व्यवहारिक र लोकतान्त्रिक हुने‘ धारणा राख्नु भएको थियो,’ मुख्यमन्त्री पौडेलले भनेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘तर कतिपय सञ्चार माध्यममा यो भन्दा विपरीत अस्पट र भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा ध्यानाकर्षण सहित भ्रम निवाराणार्थ यो प्रेस नोट जारी गरिएको छ ।’

उनले यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न समेत सबैलाई आग्रह गरेका छन् ।

बैठकमा देउवाले संसदीय दललाई जिम्मा दिनुपर्ने बताएपछि बैठकमा सहभागी नेताहरुबीच विवाद देखिएको खबर आएसँगै कांग्रेसले उक्त खबरको खण्डन गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay