scheduleमगलवारबैशाख ७ गते, २०७८

घुस लिएको आरोपमा रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ

रुपन्देही, ९ माघ । जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अदालतका कर्मचारी सुमित चौलागाई र मनोज थापालाई नियन्त्रणमा लिएको हो ।

रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वय चौलागाई र थापाले सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ ।

रुपन्देही कोटहीमाई गाउँपालिका-१ बोगडियाबाट नियन्त्रणमा लिएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay