scheduleबिहिवारफाल्गुन २० गते, २०७७

सन्तान नभएका कारण सन्तानमाथि आरोप लगाउँदा कसरी चित्त दुख्छ भन्ने ओलीलाई थाहा छैनः नेता रिजाल

काठमाडौं, ९ माघ । नेकपा दाहाल-नेपाल समूहका नेता विष्णु रिजालले राजनीतिक रिसइबीका कारण सन्तानलाई अनावश्यक उछाल्नु हदैसम्मको निकृष्टता भएको टिप्पणी गरेका छन् ।

नेकपाको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख समेत रहेका रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष प्रचण्डका सन्तानहरुलाई जोडेर गरेको टिप्पणीको जवाफमा यस्तो प्रतिटिप्पणी गरेका हुन् ।

शुक्रबार राति उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सन्तान सबैका हुन्छन्, प्रधानमन्त्री यसमा अपवाद हुनुहुन्छ । उहाँका उपप्रधानमन्त्री र सल्लाहकारका छोराहरुले ओम्नीसँग मिलेर व्यापारबाट अवाञ्छित लाभ लिए भनेर एउटा अनलाइनले लेख्दा उहाँका विज्ञले आफ्नो विज्ञता प्रयोग गरेर साइटबाट समाचारै हटाइदिएको धेरै भएको छैन र बा–आमासँग जोडेर सन्तानलाई प्रताडित गर्नु अपराध हो भनेर त्यतिबेला चौतर्फी आलोचना भएको थियो ।’

उनले प्रधानमन्त्रीले नै यसरी अनावश्यक विषयलाई उछाल्दा बहस अन्यत्र मोडिने चिन्ता व्यक्त गरेका छन् । ‘अहिले प्रधानमन्त्री स्वयम् चाहिँ बा (पुष्पकमल दाहाल) सँगको रिसइबीको बदला लिन उहाँका छोरीहरुमाथि खनिनुभएछ । राजनीतिमा मतान्तर हुन्छन्, आरोप–प्रत्यारोप पनि हुन्छ । तर, त्यसमा कुनै पनि व्यक्तिको स्वास्थ्य, धर्म, लिंग, परिवार र निजी विषयलाई उछाल्नु हदैसम्मको निकृष्टताबाहेक केही हुन्न,’ रिजालले भनेका छन् ।

‘जब मुलुकको प्रधानमन्त्रीले नै यस्तो विषयमा फायर खोल्नुहुन्छ भने राजनीति स्वस्थ होला भनेर कसरी अपेक्षा गर्न सकिन्छ ?,’ रिजालको प्रश्न छ ।

रिजाल अगाडि भन्छन्, ‘सन्तान नभएका कारण सन्तानमाथि आरोप लगाउँदा कसरी चित्त दुख्छ भन्ने उहाँलाई थाहा छैन । तर, त्यस्तो पीडा कस्तो हुन्छ भन्ने कुरा उहाँले आफ्नै उपप्रधानमन्त्री र सल्लाहकारलाई सोधे हुन्छ, त्यतिबेलाका उहाँहरुका रोदनमिश्रित ट्वीट र फेसबुक पोस्ट हेरे हुन्छ ।’

ओलीको टिप्पणीलाई लिएर प्रचण्डकी छोरी रेणु दाहाले आफूमाथि प्रधानमन्त्रीबाटै राजनीतिक हिंसा भएको प्रतिक्रिया दिएकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay