scheduleमगलवारफाल्गुन १८ गते, २०७७

मेसीमाथि दुई खेलको प्रतिबन्धबारे पुनर्विचार गर्ने अपिल खारेज

एजेन्सी, १० माघ । अर्जेन्टिनी स्टार खेलाडी एवम् बार्सिलोनाका कप्तान लियोनल मेसीले क्लबको आगामी खेल खेल्न नपाउने भएका छन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्डको सामना गरेका मेसीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो ।

एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी खेलाडीलाई अनुहारमा हानेपछि मेस्सीलाई रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए । बार्सिलोनाले प्रतिबन्धका विषयमा पुर्नविचार गर्न स्पेनिस फुटबल संघको प्रतियोगिता समितिमा अपिल गरेको थियो ।

तर, समितिले क्लबको अपिललाई खारेज गर्दै दुई खेलको प्रतिबन्धलाई यथावत राखेको छ । कोपा डेल रेअन्तर्गत बिहीबार कोर्नेलाविरुद्धको खेलमा पनि मेसीले खेल्न पाएनन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले उक्त खेलमा दोस्रो रोजाईका खेलाडीलाई मौका दिएका थिए । प्रतिबन्धको दोस्रो खेलका रुपमा मेसीले इल्चेविरुद्ध आइतबार हुने खेल गुमाउनेछन् ।

अब मेसीले बार्सिलोनाको अर्को साताको मध्यतिर हुने कोपा डेल रेको खेल खेल्ने अपेक्षा गरिएको छ । उनीहरुको प्रतिद्वन्द्वी टोलीका बारेमा शुक्रबार जानकारी हुने बताइएको छ ।

३४ अंकका साथ बार्सिलोना लालिगाको तेस्रो स्थानमा छ । समान १८ खेल खेलेको रियल म्याड्रिड ३७ अंकका साथ दोस्रो स्थानमा र १ खेल कम खेलेको एट्लेटिको म्याड्रिड ४४ अंकका साथ शीर्षस्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay