scheduleशनिवारफाल्गुन २२ गते, २०७७

फ्रेन्च लिग वानमा पिएसजीको फराकिलो जीत

काठमाडौं, १० माघ । फ्रान्सेली लिग वानअन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले शानदार जीत निकालेको छ ।घरेलु मैदानमा भएको खेलमा पिएसजीले १० खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ४–० को फराकिलो जित निकालेको हो ।

पिएसजीको जितमा किलियन एमबाप्पेले २ गोल गर्दा नेयमार र माउरो इकार्डीले १-१ गोल गरे ।

खेलको १८औं मिनेटमा नै पाहुना टोली १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा घरेलु टोलीले उठाउन सफल भयो । गोलरक्षक जोनस ओम्लिनले एमबाप्पेमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उनलाइै सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए ।

३४औं मिनेटमा एन्जल डि मारियाको पासमा एम्बाप्पेले गोल गर्द खेलमा पिएसजीलाई १-० को अग्रता दिलाए । दोस्रो हाफमा पिएसजीले चार मिनेटको अन्तरमा तीन गोल गर्दै फराकिलो जित निकाल्न सफल भयो ।

६०औं मिनेटमा एमबाप्पेको पासमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ६१औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पिएसजीलाई फराकिलो जीततर्फ अघि बढाए । ६३औं मिनेटमा इकार्डीको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

यस जीतसँगै पिएसजीले शीर्षस्थानमा ३ अंकको अग्रता लिएको छ । पीएसजीको २१ खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको लिलको ४२ तथा पराजित मोन्टपिलिएर २८ अंक जोडेर ११औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay