कोभिडले निल्यो २१ लाखभन्दा बढी मानिसको प्राण
काठमाडौं, १० माघ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर कोरोनाका कारण १५ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख १४ हजार ६ सय २० पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ४६ हजार ४ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ८७ लाख १२ हजार ७ सय ९१ पुगेको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ७ करोड ८९ लाख ५ हजार ८ सय ८३ पुगेको छ ।
हाल विश्वभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख २ हजार २ सय ८२ रहेको छ । पछिल्लो समय देखिएको कोरोनाको नयाँ प्रकारका कारण युरोपिय मुलुकहरु बढी प्रभावित बनेका छन् । यीमध्ये रूस, बेलायत, फ्रान्स, स्पेन, इटली, टर्की, जर्मनी लगायतका रहेका छन् ।