scheduleशनिवारफाल्गुन २२ गते, २०७७

६ महिनापछि निकासा भयो खेलाडीको प्रोत्साहन भत्ता

काठमाडौं, १० माघ । स्वर्ण पदक विजेता खेलाडीले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता निकासा भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हिजो रोकिएको प्रोत्साहन भत्ता निकासा भएको जानकारी गराएको छ ।

संघका अध्यक्ष दिपक श्रेष्ठले ६ महिनायता रोकिएको प्रोत्साहन भत्ता खेलाडीको बैंक खातामा जम्मा भएको बताए । पछिल्लो ६ महिनाबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीहरुको प्रोत्साहन भत्ता निकासा भएको हो ।

सरकारले ओलम्पियनलाई मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले ६ हजार र सागका स्वर्ण पदक विजेतालाई ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्दै आईरहेको छ ।

खेलाडी संघले रोकिएको भत्ता पाउनुपर्ने माग गर्दै आइरहेको थियो । संघले गत पुस २२ गते नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा (तामाङ) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । तर, नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay