scheduleबुधवार आषाढ़ २ गते, २०७८

गैरआवासीय नेपाली सङ्घको विशेष महाधिवेशन सुरु

काठमाडौं, १० माघ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि भर्चुअल विधिबाट सुरू हुँदैछ । आइतबारसम्म चल्ने विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ ।

महाधिवेशनमा नवौँ महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधनको साझा प्रस्तावमाथि छलफल गरेर पारित गरिने सङ्घले जनाएको छ । महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

उद्घाटन कार्यक्रपछि सङ्घको विज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुङ्गिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय