scheduleआइतवारफाल्गुन २३ गते, २०७७

आत्मघाती गोलले आर्सनल एफए कप फुटबलबाट बाहिरियो

काठमाडौं, १० माघ । डिफेन्डिङ च्याम्पियन आर्सनल इंग्लिस एफए कप फुटबलबाट बाहिरिएको छ । शनिबार साँझ भएको खेलमा आर्सनल साउथह्‍याम्पटनसँग १-० ले स्तब्ध हुँदै कपको चौथो चरणबाटै बाहिरिएको हो ।

खेलमा भएको एकमात्र गोल आर्सनलका तर्फबाट आत्मघाती भएको थियो । २४औं मिनेटमा साउथह्याम्पटनका वाल्करपिटर्सले प्रहार गरेको बल आर्सनलका डिफेन्डर ग्याब्रियललाई लागेर गोल भएको थियो ।

त्यसपछि पाएका थुप्रै अवसरमा दुवै टोलीले गोल गर्न प्रयास गरे पनि थप गोल निस्कन सकेन र आर्सनल चौथो चरणबाटै बाहिरिन बाध्य भयो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay