scheduleआइतवारफाल्गुन २३ गते, २०७७

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुली, १० माघ । सिन्धुलीमा शनिबार भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

गम्भीर घाइते भएका मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।

सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज १ च १३५४ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते भएका छन् ।

उनको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay