scheduleबिहिवारबैशाख ९ गते, २०७८

आइतबारको मौसम: पहाडी क्षेत्रमा आंशिक बदली, हिमाली भेगका केही ठाउँमा हिमपात

काठमाडौं, ११ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले सुदुरपश्‍चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। सुदुरपश्‍चिम र कर्णाली प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात भएको छ । साथै तराइका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।

दिउँसो: देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुर पश्चिम र प्रदेश न. १ को हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरो समेत लाग्‍ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay