प्रिमियर लिग फुटबलमा न्युकासललाई एस्टन भिल्लाले हरायो
काठमाडौं, ११ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एस्टन भिल्लाले जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लाले न्युकासल युनाइटेडलाई २-० ले हराएको हो ।
भिल्लाको जीतमा ओलि वाट्किन्स र बर्टरान्ड ट्राओरेले १-१ गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा भएका थिए ।
खेलको १३औं मिनेटमा वाट्किन्सको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो । ४२औं मिनेटमा ज्याक ग्रिलेशको पासमा ट्राओरेले गोल गरेपछि भिल्लाको अग्रता दोब्बर भयो ।
त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन सकेन र न्युकासल खेलमा फर्किन सकेन ।
जीतसँगै १७ खेलबाट २९ अंक जोडेको एस्टन भिल्ला अंकतालिकाको आठौं स्थानमा रहेको छ भने पराजित न्युकासल १९ खेलबाट १९ अंकसहित १६औं स्थानमा छ ।