scheduleशनिवारफाल्गुन २२ गते, २०७७

इटालियन सिरी ‘ए’: घरेलु मैदानमा एसी मिलानको लज्जास्पद हार

काठमाडौं, ११ माघ । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले घरेलु मैदानमा हार व्यहोरेको छ । मिलानलाई उसैको मैदानमा एटलान्टाले ३–० ले हराएको हो ।

मिलानलाई हराउन क्रिस्टियन रोमेरो, जोसेप इलिसिस र डुभान जापटाले गोल गरेका थिए । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएका थिए ।

शनिबार राति भएको खेलमा घरेलु टोली खेलको १५औं मिनेटमा पछि परेको थियो । क्रिस्टियन रोमेरोले रोविन गोसेन्सको पासमा गोल गर्दै एटलान्टालाई अघि बढाएका थिए ।

५३औं मिनेटमा जोसेप इलिसिसले पेनाल्टीमा गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पार्दा मिलानको खेलमा फर्कने आशा सकिएको थियो । इलिसिसमाथि फ्रान्क केस्सीले एलबो प्रहार गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टी दिएको थियो । ७७औं मिनेटमा डुभान जापटाले रोमेरोको पासमा गोल गर्दै मिलानलाई ३–० को हार चखाए ।

यो सिजनको सिरी ‘ए’ मा मिलानको यो दोस्रो हार हो । यसअघि मिलान युभेन्टससँग ३–१ ले पराजित भएको थियो ।

यो हारसँगै मिलान १९ खेलबाट ४३ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा आफ्नो शीर्षतालाई थप बलियो बनाउनबाट चुकेको छ । मिलानको दोस्रो स्थानको इन्टर मिलानको भन्दा २ अंक बढी छ । जितसँगै एटलान्टा ३६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay