scheduleसोमवारफाल्गुन २४ गते, २०७७

म्यान्चेस्टर सिटी एफए कप फुटबलको प्रि-क्वार्टरफाइनलमा

काठमाडौं, ११ माघ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा लिग २ क्लब चेल्टेनहम टाउनमाथि पुनरागमन जीत हासिल गर्दै सिटी अघिल्लो चरणमा पुगेको हो ।

सिटीले एक गोलले पछि परेको अवस्थामा अन्तिम १० मिनेटमा ३ गोल गरेपछि चेल्टेनहममाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।

सिटीको पूनरागमन जितमा फिल फोडेन, गाब्रियल जेसस र फेरान टोरेसले गोल गरे । घरेलु टोलीका एल्फी मेको गोल सान्त्वना बन्यो । चेल्टेनहममा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५९औं मिनेटमा एल्फी मेले जर्जको पासमा गोल गर्दै घरेलु टालीलाई १–० ले अघि बढाए । बलियो सिटीसामु चेल्टेनहमले उक्त अग्रतालाई जोगाउन सकेन । ८१औं मिनेटमा जोओ क्यान्सेलोको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

८४औं मिनेटमा जेससले फर्नाडिन्होको पासमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फेरान टोरेसले गोल गर्दै सिटीलाई जित दिलाए ।

अब सिटीले क्वाटरफाइनल प्रवेशका लागि स्वान्सी सिटीको सामना गर्नेछ । प्रि–क्वाटरफाइनलका खेल ११ फेब्रुअरीमा हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay