सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौं, ११ माघ । आइतवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतवार ३०० ले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै, आइतबार तेजावी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।