scheduleआइतवारफाल्गुन २३ गते, २०७७

अर्को सरकार बन्ने नबन्ने बहस बालुवाटारमा गर्ने होइन, संसदमा होः त्रिपाठी

काडमाडौं, ११ माघ । प्रधानमन्त्रीलाई अर्को सरकार बन्छ बन्दैन भन्ने बहस संसद बाहिर गर्ने अधिकार नभएको तर्क वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गरेका छन् । आइतबार संवैधानिक इजलासमा बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता त्रिपाठीले अर्को सरकार बन्न सक्दैन भनेर संसद बाहिर दाबी गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क गरेका हुन् ।

उनले सरकार बन्न सक्छ कि सक्दैन भनेर संसदमा परीक्षण गर्नुपर्ने बताए । अर्को सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्रीको दाबी राजनीतिक भएको उनले बताए ।

अधिवक्ता त्रिपाठीले बहसमा सहभागी हुँदै भने, ‘यो कुराको टेस्ट वालुवाटारबाट र टेलिभिजन अन्तर्वार्ताबाट हुने होइन । संसदले अविश्वास प्रस्तावसम्बन्धी संविधानको धारा पनि प्रयोग गर्न पाउनुपर्छ । प्रधानमन्त्रीले अवरोध गर्न मिल्दैन ।’

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पाउनु संसदको अधिकार भएकोमा जोड दिँदै अधिवक्ता त्रिपाठीले भने, ‘संविधानको शब्द र अक्षर प्रष्ट छ भने व्याख्या गर्न पर्दैन ।’

उनले अगाडि थपे, ‘संविधानमा ४ वटा सरकारको सम्भावना राखिएको छ । हुँदा हुँदा १ जना व्यक्तिलाई पनि प्रधानमन्त्री हुने अप्सन राखिएको छ । यी सबै व्यवस्थाले अहिलेको संविधानले विघटनलाई असम्भव तुल्याइएको छ ।’

त्रिपाठीले प्रधानमन्त्री ओलीले खुलेआम अदालतको अवहेलना गरेको भन्दै इजलासको ध्यानाकर्षण गराउँदै भने, ‘प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूमा सर्वोच्च अदालतको विषयमा हस्तक्षेप हुनेगरी अभिव्यक्ति दिइरहेका छन् ।’

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बजारका कुरा सुनिसाध्य नभएको धारणा राखे । उनले इजलासमा उठेका विषय मात्रै सुन्ने तर्क दोहोर्‍याए ।

जबराले भने, ‘अहिले बजारमा थुप्रै विषय आएका छन् । बजारको कुरो सुन्यो भने सबैलाई यहीँ ल्याएर जम्मा गर्नुपर्ने अवास्था छ । वर्तमान, पूर्व सबैलाई यहाँ नै ल्याएर जम्मा गर्नुपर्ने अवस्था छ, फेरि ठाउँ नहोला ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay