scheduleसोमवारफाल्गुन २४ गते, २०७७

शंकरले प्रधानमन्त्री ओलीलाई दाङ बोलाए

दाङ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाने भएका छन् । मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलको गृह जिल्ला दाङको देउखुरीमा आयोजित जनसभामा सम्बोधन गर्न ओली दाङ जाने भएका हुन् ।

ओली समूहले सोमबार देउखुरीमा जनसभा आयोजना गरेको छ । दाङ पूर्वसभामुख कृष्णबहादुर महरा चुनाव लडेको जिल्ला पनि हो ।

लामो समयदेखि प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबार नै जान नसकेका ओली मुख्यमन्त्री पोखरेलको विशेष आग्रहमा दाङ जान लागेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्री नै जाने कार्यक्रम र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको गृहजिल्ला भएकाले ओली समूहले बढी नै मेहनत गरिरहेको बुझिएको छ । कार्यक्रममा सहभागी हुन निमन्त्रणा कार्ड नै बनाएर व्यक्ति व्यक्तिलाई पठाइएको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री ओली स्वयंले सम्बोधन गर्ने सभालाई ‘राष्ट्रियता र पार्टी निर्माणको अभियान’ भनेर प्रचार गरिएको एक स्थानीय नेताले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay