scheduleमगलवारफाल्गुन १८ गते, २०७७

म पनि अपाङ्गता भएकै मान्छे हुँः प्रम ओली (भिडियो)

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी ओलीले आफू पनि अपाङ्गता भएको व्यक्तिको रुपमा चित्रित गरेका छन् । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँगको साक्षात्कारमा उनले आफू दुई दुईपटक मृगौला फेरेर प्रधानमन्त्री भएर देश चलाइरहेको बताएका छन् ।

‘सम्भवतः म नै पहिलो व्यक्ति हुँला, दुईपटक मृगौला फेरेर प्रधानमन्त्री बनेको मान्छे । म पनि अर्को मृगौलाको वैशाखी टेकेर हिंडिरहेको छु,’ उनले भने ।

उनले अपाङ्गता नभएका मानिसहरु पनि मानसिकरुपमा सही नभएको टिप्पणी गरे ।

प्रम ओलीले चश्मा नलगाए आफू पढ्न नसक्ने भन्दै थोरै थोरै अपाङ्गता सबैसँग हुने बताए । ‘म अलिअलि अपाङ्ग भए पनि फटाहाहरुको भागाभाग भइरहेको छ,’ उनले बताए ।

उनले अपाङ्गता भएका मानिसहरुका लागि अरु कोही नभए पनि सरकार भएको बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay