scheduleमगलवारफाल्गुन २५ गते, २०७७

प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न बारका चार पूर्वअध्यक्षहरुको माग

काठमाडौं, ११ माघ । बारका चारजना पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् । प्रम ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ति जनाउँदै प्रम ओलीलाई कारबाहीको माग गरेका हुन् ।

उनीहरुले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको तर्क गरेका छन् । विज्ञप्ति जारी गर्नेमा वारका पूर्वअध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, ‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

संसद पुनःस्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई लिएर तमासा गर्न गएछन्’ भन्ने अभिव्यक्ति दिएपछि उनको अभिव्यक्ति विवादमा तानिएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay