scheduleशनिवारफाल्गुन २२ गते, २०७७

२०४७ सालको संविधान पुनःस्थापना गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडाैं, ११ माघ । २०४७ सालको संविधान पुनःस्थापना गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । २०४७ सालको संविधान नै मुलुकको हितमा रहेको भन्दै देशभक्त प्रजातान्त्रिक गठबन्धनको आयोजनामा आइतबार प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा माइतिघरबाट निकालिएको र्‍ र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

आमजनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध गर्नका लागि ०४७ सालको संविधानको पुनःस्थापना अपरिहार्य रहेको गठबन्धनले जनाएको छ । त्यस्तै हिन्दुराष्ट्र सहितका राजसंस्थासहित संविधान पुनःस्थापना गर्नुपर्ने गठबन्धनको माग छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay