नेपाल प्रहरीका ११ एसएसपीको पदस्थापन तथा ७ जनाको सरूवा, हेर्नुहोस् सूचीहरू
काठमाडौं, ११ माघ । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन तथा ७ जनाको सरूवा भएको छ। गृह मन्त्रालयले गत शुक्रबार गरेको निर्णय अनुसार हालै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका ११ जना एसएसपीको पदस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ ।
दिल्लीराज पन्तको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, सिंहदरबार, प्रदेश १ प्रहरी कार्यालय विराटनगर, मोरङ शान्ति सुरक्षा महाशाखामा मधुसुदन लुईटेल र गण्डकी प्रदेश प्रहरी कार्यालय कास्की अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा मोहनप्रसाद पोख्रेलको पदस्थापन भएको हो ।
त्यसैगरी अर्जुन चन्द ठकुरीको कर्णाली प्रदेश प्रहरी कार्यालय, जनकराज पाण्डेयका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, सुरेन्द्रप्रसाद मैनालीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ शान्ति सुरक्षा महाशाखा, नक्सालको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कृष्णहरि शर्मा पोखरेल, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको प्रशासन कार्यालयमा चक्रबहादुर सिंहको पदस्थापन भएको हो।
गृह मन्त्रालयले शनिबार गरेको निर्णय अनुसार सात जना एसएसपीको पनि सरूवा भएको छ। सरूवा भएका माघ ८ गते देखि लागू हुने गरी सरूवा गरिएको नेपाल प्रहरीले जनाएको छ।
नक्सालको अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाकी दुर्गा सिंहको मानव बेचबिखन अनुसन्धान ब्युरो, महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा, रानीपोखरीका प्रदिपकुमार श्रेष्ठको अन्तराष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरूवा भएको छ।
यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा रहेका रविन्द्र केसीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय, महाराजगन्जमा सरूवा भएको छ।
हेर्नुहोस् सूचीहरू