scheduleबिहिवारफाल्गुन २० गते, २०७७

जसपा र लोकतान्त्रिक पार्टीबीच एकता, ओलीले नेपाली राजनीतिलाई लुडोजस्तै बनाएको यादवको आरोप

काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टीबीच एकता सम्पन्न भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टी एकताको घोषणा गरिएको हो ।

एकता समारोहलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर प्रतिगमनको ढोका खोलेको बताए ।

अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री अ‍ोलीले शुरुमा पार्टीमा विवाद भएको कारणले यो कदम चलेको, अनि पछि यो संविधान अनुसार नै कदम चालेको भन्नुभयो । पछि त देशको रक्षाका लागि यो कदम चालेका भन्नुभयो, यो कदम किन र कसरी चाल्नु भयो त्यो प्रधानमन्त्री ओलीलाई नै स्पष्ट छैन ।’

नेपालको राजनीति लुडाको खेल जस्तै भएको उनको तर्क थियो । ‘देशको राजनीति अग्रगमको रुपमा अगाडि बढ्छ । तर माथि गएपछि लुडोमा सर्पले खाएपछि तल झरेजस्तै नेपालको राजनीति पटक पटक तल झरेको छ’, उनले भने । अध्यक्ष यादवले २००७ सालदेखि नै त्यस्तै हुँदै आएको र अहिले पनि त्यही खेल शुरु भएको उनले बताए ।

उनले प्रतिनिधिसभा किन विघटन गरेको भन्ने कुरा स्वयम् ओलीलाई पनि थाहा नभएको तर्क गरे । प्रतिनिधिसभा पुनःस्थापना भएपछि संविधान संशोधनका लागि संघर्ष गर्ने उनले बताए । एकता समारोहमा नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष शिवलाल थापासहित सिंगो पार्टी जसपामा समाहित भएको छ ।

एकता कार्यक्रममा महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नवराज सुवेदी लगायतका नेताले जसपालाई वैकल्पिक शक्ति बनाउन यो एकताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay